ताजा समाचार

चौबीस घण्टामा २० जनाको मृत्यु, १ हजार ८३१ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार २१८ वटा नमूना पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिले २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा १ हजार ५३३ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org