ताजा समाचार

अमेरिकाले दिएको १५ लाख कोरोना खोप काठमाडाैँ आईपुग्यो

काठमाडौं । अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाभाइरविरुद्धको १५ लाखभन्दा बढी डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।

कोभ्याक्समार्फत् अमेरिकाले नेपाललाई अनुदानमा उक्त परिमाणको खोप दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् ।

अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको हो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप काठमाडौं आइपुगेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org