ताजा समाचार

माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

बैठकपछि एक नेताले भने, ‘सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेकी छिन् भने आजै उनले सानो आकारको मन्त्रिपरिषद गठन गर्न लागेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org