ताजा समाचार

पछिल्लो २४ घण्टामा २,३९८ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org