ताजा समाचार

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संसोधन अध्यादेश २०७८ खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

संसद्ले उक्त अध्यादेशलाई अनुमोदन नगरेको खण्डमा संवैधानिक नियुक्तिमा प्रश्न उठ्ने भएपछि खारेज गरेको देखिन्छ । संवैधानिक परिषद्‍द्वारा भएका नियुक्ति असंवैधानिक भएको जिकिरसहितको रिट सर्वोच्च अदालतमा विचाराध‍ीन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org