ताजा समाचार

सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था हामीले गरेका हौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्न प्रतिक्रियावादी शक्ति लागिपरेको बताएका छन्।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका कामले राजनीतिक दलहरुको अस्तित्व धरापमा परेकाले उनीहरु विरोधमा उत्रिएको बताए। उनले आफू सरकारमा हुँदा जनताको पक्षमा काम गरेको दाबी गरे।

‘सरकारमा रहँदा जनताको पक्षमा काम गरेका थियौँ,’ अध्यक्ष ओलीले भने‚ ‘सबै नेपालीलाई लगाउन पुग्ने गरी खोपको व्यवस्था गरेका छौं। अब कसैले जोड दिइराख्न पर्दैन। बाढी पीडितको व्यवस्थापन गर्न सबै तयारी भइसकेका छन्।’

ओलीले आफु सरकार हुँदा विकासको गति बढाउँदै गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्। यस्तै‚ देशको राजनीति समस्या समाधान  र अन्तर्राष्ट्रयि समस्या समाधानका लागि महत्त्वपूर्ण काम गरेको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org