ताजा समाचार

ओली पक्षको कार्यक्रमस्थमा कुर्सी तोडफोड

विराटनगर । मोरङमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले आयोजना गरेको कार्यक्रमस्थलका कुर्सी भाँचिएको छ ।

उर्लाबारीमा आयोजित कार्यक्रमअगावै कार्यक्रमस्थलमा तोडफोड भएको हो ।

उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएमा निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।

एमाले उर्लाबारी संयोजक उमाकान्त गौतमले गाडीमा आएका केही मानिसले कार्यक्रमस्थलमा तोडफोड गरेको बताए ।

भने,“कसले तोडफोड गरेको हो भनेर खोजी गरिरहेका छौं ।”

माधव समूहका नगर संयोजक गंगा बास्तोलाले ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए ।

उनले आफूहरु बैठकमा नगएको र २०७५ जेठ २ गतेका अध्यक्षले बैठक आह्वान गरेमात्र जाने बताए । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल घटनास्थलमा पुगेर त्यसबारे जानकारी लिइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org