ताजा समाचार

निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण बढ्यो, हेलचक्राइ नगरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण दर पनि बढ्दै गएको बताएको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना जोखिम अझै कायम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ।

कोरोना संक्रमण रोक्न सबै व्यक्ति,नागरिक समाज तथा विभिन्न संस्थाले हातेमालो मिलाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड उदंघन नगर्ने समेत आग्रह गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले खोप केन्द्रमा भीडभाडले संक्रमणको जोखिम बढाएको भन्दै खोप लगाउन जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेका छन्।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार १० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमितर २६ वटा जिल्लामा २०० बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा पनि कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org