ताजा समाचार

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडाैँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने अर्को कार्यसुची रहेको छ ।

साथै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संभावित कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाए ।

अन्य थप कार्यसुची तय गर्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org