ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर २९७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org