मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा छलफल, देउवालाई भेटेर फर्किए प्रचण्ड
काठमाडौं । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको बताइको छ ।
प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेकोमा कांग्रेसभित्र अशन्तुष्टी छ । यसअघि प्रचण्डले गठबन्धनका अन्य नेतासँग पनि छलफल गरेका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादवले पाइसकेपछि अब सरकारमा सहभागी हुने बाटो खुलेको छ । यादवले तत्कालै जसपा सरकारमा जाने बताएका छन् ।
यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।
Comments
अरु समाचार
-
दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १०...
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
काठमाडौ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को...
-
मौलिक पुख्र्यौली नाच प्रतियोगिता
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा शनिबार सम्पन्न सर्वाधिक पुरस्कार राशिको मौलिक पुख्र्यौली नाच प्रतियोगितामा अन्नपूर्ण–८ काफलडाँडाको समूह विजयी...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
बझाङ उपनिर्वाचनः मतगणना सुरु
काठमाडौं । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय...
-
मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै
काठमाडौं । पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
-
मन्थलीमा अझै फोहर व्यवस्थापन भएन
काठमाडौं । रामेछाप सदरमुकामस्थित मन्थली नगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई व्यवस्थित गर्नसकेको छैन । नगरपालिकाले विगतदेखि स्थानीय रणजोर खोला दोभान तामकोशी...