ताजा समाचार

नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनबारे अध्ययन भइरहेको छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै कोरोना भाइरसविरुद्धको खोप उत्पादनको सम्भावनाबारे  अध्ययन अघि बढेको बताएका छन् ।

शुक्रबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको जानकारी दिएका हुन् । त्यस्तै उनले खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको जानकारी दिएका छन् ।

त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोपको खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रिया थालनी गरिएको बताए ।

विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको पनि उनले जानकारी दिए । त्यस्तै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org