ताजा समाचार

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने चार सांसद पदमुक्त भएका छन् ।

प्रदेश सभा सदस्य प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको छ ।
सर्वोच्च अदालतले सोमबार दिएको आदेशमा भनिएको छ, “यसरी आफैँ समावेश भएको संसदीय दलको निर्णय विपरीत फ्लोर क्रस गरी दलको निर्णयविरुद्ध उभिई भएको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल एवम् नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ र दफा ३२ अनुकूल भएको मान्न नसकिने हुँदा यस अदालतबाट मिति २०७८–२–२७ मा जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउन सक्ने अवस्था नदेखिँदा उक्त अन्तरिम आदेश खारेज हुने ठहर्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org