ताजा समाचार

सर्वोत्तम सिमेन्ट प्रकरणमा एफएनसिसिआई- ‘चन्द्र ढकाल बोर्डमा जानु २ महिना अघि कै कारोबार’

काठमाडौं। सर्वोत्तम सिमेन्टको प्रमोटर शेयर खरिदमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम नजोड्न महासंघले आग्रह गरेको छ।

यस प्रकरणमा वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडिएकोमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल धितोपत्र बोर्डमा महासंघको तर्फबाट प्रतिनिधिको रुपमा संचालक रहने व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष ढकाललाई पठाएको महासंघले स्पष्ट पारेको छ।

यसका साथै महासंघले धितोपत्र बोर्डको प्रतिनिधका रुपमा ढकाललाई गत मंसिर ३० मा तोकेको र गत पुषको ११ गतेदेखि मात्र बोर्डको बैठकमा उपस्थित रहेको जानकारी गराएको छ।

वरिष्ठ उपाध्यक्ष ढकालका भाई हेमराज ढकालले सर्वोत्तम सिमेन्टको शेयर कारोबार गर्दा ढकाल धितोपत्र बोर्डमा प्रतिनिधिका रुपमा गै नसकेको पनि महासंघले स्पष्ट पारेको छ।

वरिष्ठ उपाध्यक्ष ढकाल बोर्डमा संचालकका रुपमा गएको दुई महिना अघि नै हेमराज ढकालले सर्वोत्तम सिमेन्टको शेयर कारोबार गरेको भन्दै महासंघले  ढकाललाई यस कारोबारमा जोड्नुलाई उनको प्रतिष्ठामा गम्भीर आँच पुगेको प्रतिक्रिया समेत दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org