ताजा समाचार

सानिमा इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेवोन)को अनुमति पछि कम्पनीले बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता)कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई वितरण गरिने छ । अहिले कुल जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

आईपीओ आजदेखि साउन २४ र ढिलोमा भदौ २ गतेसम्ममा बन्द हुने कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org