ताजा समाचार

प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्छ, ढुक्क भएर गुटतिर नफर्कौंः डा. भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाको जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने बताएका छन् ।

पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्ने उनको भनाइ छ । पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भन्दै उनले दोस्रोले चाहिँ संविधानको आत्मा मार्ने उल्लेख गरेका छन् ।

‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org