ताजा समाचार

आजको संसद बैठकमा श्वेतपत्र पेस गर्ने अर्थमन्त्रीको तयारी

२६ साउन, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको यथार्थ आर्थिक परिदृष्यको विवरण ‘श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गरेका छन् ।

संसद सचिवालयले आजको संसद बैठकका लागि तयार पारेको सम्भावित कार्यसूचीमा स्वेतपत्रको विषय समावेश गरिएको छैन । अर्थ मन्त्रालयका अधिकारीहरूले भने आजको बैठकमा श्वेतपत्र पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार सचिन रोकाले आजको बैठकमा श्वेतपत्र पेस गर्ने तयारी भइरहेको जानकारी दिँदै यो विषय संसदको संशोधित कार्यसूचीमा भर पर्ने बताए ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि शर्माले वर्तमान अवस्थाको चित्रण गर्ने गरी ‘यथार्थपत्र’ सार्वजनिक गर्ने बताएका थिए । यसअघि २०७४ चैतमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि श्वेतपत्र सार्वजनिक गरेका थिए ।

सरकारले ल्याउने श्‍वेतपत्रमा पछिल्लो तीन वर्षको आर्थिक अनुशाससनको अवस्था चित्रण गरिने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org