ताजा समाचार

अर्थमन्त्रीको श्वेतपत्र- अर्थतन्त्रको आधार कमजोर, लक्षित वृद्धिदर हाँसिल हुँदैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण अर्थतन्त्रको आधार कमजोर भएको बताएका छन् ।

जारी संसद बैठकमा श्वेतपत्र सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडि औषत ७ प्रतिशतले हासिल गर्दै आएको आर्थिक वृद्धि कोरोना जोखिमले हासिल गर्न नसकेको बताए ।

सरकारले गत आर्थिक वर्ष ८.५ प्रतिशत ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भएपनि २.१ प्रतिशतले ऋणात्मक रहेको उनको भनाइ थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा राखिएको ७ प्रतिशतको लक्ष्य समेत हासिल नहुने शर्माले उल्लेख गरेका छन् ।

नेपालमा मुद्रास्फिति भने नियन्त्रित सीमाभित्र रहेको अर्थमन्त्रीको भनाइ छ । गत वर्ष ५ प्रतिशत रहेको मुद्रास्फिति चालु आर्थिक वर्ष ३.६ प्रतिशतको सीमाभित्र रहेको बताएका छन् । उपभोग, वचत तथा पुँजी निर्माणले अपेक्षित गति लिन नसकेको शर्माले बताए । केपी ओलीको सरकारले पनि पुँजीगत खर्च गर्ने सवालमा कमजोर देखिएको उनले बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org