ताजा समाचार

सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्दार गर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा उनले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुसल उद्धार गर्न र उनीहरुकोबारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिएका छन् ।

यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org