ताजा समाचार

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आईसीयू र १९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६७७, झापामा ३३२, चितवनमा २०५, कास्कीमा १८३, ललितपुरमा १६७, भक्तपुरमा ११७ र सुनसरीमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ८६, काभ्रेपलाञ्चोकमा ७७, नुवाकोटमा ७२, नवलपरासी पुर्वमा ६८, बागलुङमा ६५, मकवानपुरमा ४९, रुपन्देहीमा ४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुपाल्चोकमा ३१, पाल्पामा २६, धादिङमा २५, गोरखामा १८, तनहुँमा १७, स्याङजामा १३, अर्घाखाँचीमा १२, इलाम र सिन्धुलीमा ११/११ जना र दाङमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org