ताजा समाचार

चीनबाट आयो ८ लाख डोज भेरोसेल खोप, थप आठ लाख पनि आजै

काठमाडौं । चीनबाट खरिद गरिएको मध्येको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।

बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्‍याएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२  खोप आइपुगेको र अहिले सो खोपलाई  अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको उनले बताए।

यस्तै अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख  एक नम्बर प्रदेश ( विराटरगर) पौने चार लाख खोप दुई नम्बरमा, ५० हजार सात नम्बर प्रदेश  (धनगढी ) र रहेको खोप काठमाडौं उपत्यका सहित तीन नम्बर प्रदेशमा राखिने थापाले बताए।

यसैबीच चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ : ४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।

सरकारले चिनिया कम्पनी सिनोफार्मसंग नन् डिस्क्लोजेवल एग्रीमेन्ट गरी ६० लाख खोप खरीद गर्ने निर्णय गरेको थियो । खरीद गरिएको १६ लाख डोज आज बेलुकासम्म आइपुगेपछि बाँकी ४४ लाख पनि अगष्ट महिना भित्रै आइपुग्ने बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org