सञ्चय कोषको प्रशासकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै तुलसी गौतम सर्वोच्चमा
काठमाडाैँ । सरकारले आफूलाई गैरकानूनी ढंगले हटाएको भन्दै कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सञ्चयकोष सञ्चालक समितिलाई विपक्षी बनाएर गौतमले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सञ्चय कोषको प्रशासक पदका लागि रीतपूर्वकको आवेदन दिएको, आफूले पेश गरेको कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनको आधारमा अर्थ मन्त्रालयको प्रस्तावमा आफू पाँच वर्षका लागि नियुक्त गरेको रिटमा दाबी गरिएको छ ।
सरकारले २०७५ वैशाख ४ मा गौतमलाई पाँच वर्षका लागि कोषको प्रशासक नियुक्त गरेको थियो ।
‘मलाई प्रशासक पदबाट पदमुक्त गर्ने गरी गरिएको उक्त निर्णयमा पदमुक्त गर्नुपर्नाको कुनै आधार र कारण समेत उल्लेख गरिएको छैन । प्रत्यर्थी नेपाल सरकार (मन्त्रिपरिषद्)ले कोषको प्रशासकको रूपमा मेरो पाँच वर्षको कार्यावधि हुने गरी स्पष्टरूपमा समयावधि समेत तोकी नियुक्ति गरेको हुँदा सो अवधिसम्म मैले कोषको प्रशासकको हैसियतले कार्य गर्न पाउने वैध अपेक्षामा आघात पुग्ने गरी मलाई सुनुवाइको मौका समेत नदिई कोषको प्रशासक पदबाट पदमुक्त गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ,’ रिट निवेदनमा भनिएको छ ।
भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय गरेको थियो ।
हेर्नुहोस्, रिट निवेदन :
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...