ताजा समाचार

चन्द्रागिरि भोलिदेखि पूर्णरुपमा खुल्ने, अव जिपलाइन

काठमाडाैं । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार भोलिदेखि पूर्णरुपमा खुल्ने भएको छ ।

`भोलिदेखि चन्द्रागिरि स्वास्थ्य मापदण्ड पालना गरेर पूर्णरुपमा खुल्छ । भोलिदेखि नै सय मिटरको जिपलाइन समेत सञ्चालनमा आउँछ’, चन्द्रागिरिका महाप्रबन्धक अभिषेकविक्रम शाहले भने ।

कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि हिल्स शनिबारदेखि सञ्चालनमा आउने भएको हो  ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षको केन्द्र बन्दै गरेको चन्द्रागिरिमा पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शनकाका साथै काठमाडाैं उपत्यका मजाले हेर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org