ताजा समाचार

संखुवासभामा नरसंहार : एकै परिवारका ५ जनाको विभत्स हत्या

काठमाडाैँ । संखुवासभाको मादीनगरपालिका-१ उम्लिंग, खोलागाँउमा एकै घरका ५ जनाको हत्या भएको छ ।

सोमबार राति मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको  स्थानियले न्युजनेपाललाई जानकारी दिए।

मंगलबार  विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानिय  ५८ वर्षीय तेजबहादुरकी, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति जितेन कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको र ९४ बर्षीय आमा पार्वता कार्की गम्भिर रहेको स्थानीयले जानकारी दिए।

मगलबारे प्रहरी चाैकीबाट प्रहरी टोली घटनास्थलमा पुगि सकेको  र जिल्लाबाट प्रहरी टोली घटना स्थल मादी तर्फ लागेको छ।  घटनाको थप विवरण आइसकेको छैन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org