ताजा समाचार

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) बन्यो सबैभन्दा ठूलो दल

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य माया तामाङ बोहोराले नेकपा (एकीकृत समाजवादी) रोजेकी छिन् ।

आज निर्वाचन कार्यालय पुगेर आफूले उक्त पार्टीमा सनाखत गराएको उनले जानकारी दिइन् । उनी यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा थिइन् ।

एमालेका १३ सांसदले यसअघि नै एकीकृत समाजवादी रोजिसकेका छन् । बोहोराले उक्त पार्टीमा सनाखनत गरेसँगै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा १४ सांसदसहित ठूलो दल बनेको छ ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका १३ सांसद, नेपाली कांग्रेसका १२ सांसद् छन् । २४ सांसदसहित ठूलो दल रहेको एमाले अब सभामुखसहित ११ सांसदमा सीमित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org