ताजा समाचार

अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रशासक गौतमले पुनः सम्हाले कार्यभार

काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले आज पुनः कार्यभार सम्हालेका छन् ।

कोषका प्रशासक गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत बिहीबार अल्पकालिन आदेश दिएपछि आजबाट पुनः कार्यभार सम्हालेका हुन् ।

मन्त्रिपरिषदको अघिल्लो साता सोमबार बसेको बैठकले उनलाई कालकाल नसकिँदै विना कारण अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत गएका गौतमको पक्षमा अदालतले अप्कालिन आदेश जारी गरेको हो ।

गौतमले भनेः आफू कुनै राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट आएको र इमान्दारितापूर्वक कोषलाई सुधार गर्न कार्यरत रहँदाको अवस्थामा विना कारण अवकाश दिएर अपमान गरेको अनुभव भएकाले न्यायका लागि अदालत जानु परेको बताए ।

सरकारी सेवामा रहँदा विभिन्न निकायमा रहेर राम्रो कार्यक्षमता प्रस्तुत गरेका गौतमले कोषमा आएपछि पनि यसको सुधारका लागि राम्रो काम गरेका छन् । उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै अर्थमन्त्रालयले उनलाई नगदसहित पुरस्कृत पनि गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org