ताजा समाचार

प्रतिस्थापन बजेट वक्तव्यबाजी मात्रै हो, केहि पनि आएको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन बजेट वक्तव्यबाजी मात्रै भएको टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका ओलीले जनताका समस्या सम्बोधन गर्न अर्थतन्त्रलाई माथि उठाउने कुरामा बजेटमा केहि नआएको बताए । उनले भने, ‘यो प्रतिस्थापन बजेटमा केहि पनि आएको छैन । यो वक्तव्यबाजी मात्रै हो ।’

उनले यो सरकारले आफ्नो सरकारले ल्याएका सडकलगायतका आयोजना नै गायब गराएको बताए । सर्वदलीय, सहमतीय, सहकार्यतिर लैजानुपर्ने आवश्यकता भएपनि यो सरकारले अस्थिरताको खेति गरेको आरोप लगाए। उनले एमाले विभाजन गराउन सभामुख अग्निप्रसाद सापकोटाको षडयन्त्रपूर्वक संलग्नता रहेको बताए।

पार्टीका उपमहासचिव बीष्णु पौडेलले लोकप्रीयताका लागि प्रतिस्थापन बजेट ल्याएको बताए । संसदीय दलको बैठकमा उपमहासचिव पौडेलले यो बजेट जनताको मन छुने प्रकृतिको नभएको भन्दै प्रतिक्रिया दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org