ताजा समाचार

एमाले अवरोपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठक सुरू हुनासाथ नेकपा एमालेका सांसदले नाराबाजी गरेर अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले आजको बैठकमा पनि रोस्टम अगाडि नारावाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए। यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए।  तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन्।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org