ताजा समाचार

संखुवासभा हत्या काण्डमा उत्कृष्ट अनुसन्धान गर्ने पाँच जना प्रहरी पुरस्कृत

काठमाडौं । संखुवासभा मादी गाउँपालिका, १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने पाँच जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

नगद पुरस्कारसहित पुरस्कृत हुने प्रहरी कर्मचारीमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ छन् ।

“अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पछ,” प्रहरी प्रधान कार्यालयले भनेको छ, “प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उहाँहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी प्रधान कार्यालयले उहाँहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।”

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org