ताजा समाचार

थप १२ सय ८२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौं । १५ हजार ४८८ नमूना परीक्षणमा १२ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १२०८१ नमूनाको पीसीआर र ३४०७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट ३०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १११०३ पुगेको हो। मन्त्रालयका अनुसार आइबार थप १२ सय ६२ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३८५ जनाको भेन्टिलेटरमा र १२५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ३१२८७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org