ताजा समाचार

बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रम देउवा पूर्वी नेपालमा

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोले गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पूर्वी नेपाल प्रस्थान गरेका छन्।

प्रधानमन्त्री देउवा आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत पूर्वी जिल्लामा बाढी–पहिरोले गरेको क्षति निरीक्षणका लागि गएका हुन्।
यसअघि सुदूर पश्चिम क्षेत्रमा बाढीले गरेको क्षति अवलोकन गरेर फर्किएका प्रधानमन्त्री देउवासहितको टोलीले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी–पहिरोका कारण भएको क्षतिको अवलोकन गर्नेछ।

प्रधानमन्त्री देउवाले इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसहितको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ पनि छन्। पूर्वी नेपालको अवलोकन गरेर टोली आजै बेलुका काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा बिहीबार सुदूर पश्चिममा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार काठमाडौँ फर्किएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org