ताजा समाचार

प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक १४ न्यायाधीशले बहिष्कार गर्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई पनि आमन्त्रण गरिएको छ । खासै प्रयोग नहुने यो अभ्यास प्रधानन्यायाधीश जबराले थालेपछि यसलाई लिएर टीकाटिप्पणी सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org