ताजा समाचार

एमालेसँग सहमति भए तत्कालै एमसीसी पास हुन्छ: परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरूबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरूको सहमति चाहिन्छ । दलहरूकाे सहमति नभएर पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरूबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’

एमसीसी पास गर्न वर्तमान सरकारले गठबन्धनभित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)सँग पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए ।

उनले त्रियुगा नदी कटान नियन्त्रण गर्न आफ्नो पहलमा त्रियुगा नदी कटान नियन्त्रण आयोजना नै स्थापना गरेको र रु आठ अर्ब बजेट विनियोजन गरिएको जानकारी गराए ।

उनले यस आर्थिक वर्षमा रु दुई अर्ब बजेट परिचालन गरेर नदी कटान नियन्त्रण गर्न लागिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org