ताजा समाचार

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा बारको धर्ना [तस्बिरहरू]

काठमाडौँ । आजदेखि नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत प्रांगणमा धर्नामा बसेको छ ।

गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले आजदेखि शुक्रबारको निर्णय अनुसार आफूहरू धर्नामा गएको बताए ।

कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा धर्ना दिइरहेका छन् ।

उक्त विरोधको विरुद्धमा रहेका केही वकिलहरूले भने सेतो पट्टी बाँधेर विरोधको विरोधसमेत गरिरहेका छन् । नेपाल बारको भवनको प्रांगणमा भेला भएका उनीहरु इजलास बस्नुपर्ने माग गरिररहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org