ताजा समाचार

चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्डस् सम्मान

काठमाडाैं । बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसद्वारा  चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।
हस्पिटालिटी र पर्यटन क्षेत्रमा अतुलनीय योगदन पुर्‍याएको भन्दै महाप्रबन्धक शाह आइतबार एक कार्यक्रमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को हातबाट सम्मान ग्रहण गरेका हुन् ।

व्यवसायीक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तिहरुलाई सम्मान गर्दै जाने परम्परा अनुसार उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले जनाए ।

चन्द्रागिरी हिल्सद्वारा मन्दिर, सत्तल, भ्यू टाववर, चिल्ड्रेन पार्क, सेमिनार हल, रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडामा एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org