ताजा समाचार

‘संवादका लागि आग्रह, न्यायाधीश कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन गर्न तयार’

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन दिनदिनै धर्ना दिइरहेको नेपाल बारलाई संवादका लागि आह्वान गरेका छन्।

सोमबार सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाको दुई पृष्ठ लामो विज्ञप्ति पढेर सुनाएका थिए।

उक्त विज्ञप्ति राणाले गत बिहीबार बारको धर्नाका क्रममा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

‘वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सवादका लागि आव्हानसमेत गर्दछु,’ राणाको विज्ञप्तिमा भनिएको छ।

प्रधानन्यायाधीश राणाले न्यायालयमा अहिले देखिएको  विवादको निरूपण गर्नु सबैको दायित्व भएको बताएका छन्।

‘आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन् । जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो,’ उनले भनेका  छन्।

प्रधानन्यायाधीश राणाले  न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसूरता लिन आफू तयार रहेको बताएका छन्।

‘सबै सरोकारवाला पक्षले आफ्ना जिम्मेवारीको सिंहावलोकन गर्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई अझ सम्मानपूर्ण रूपमा अघि बढाउनुको विकल्प देखिँदैन,’ उनको विज्ञप्तिमा भनिएको छ,‘मैले अत्यन्त दु:खका साथ भन्नुपर्दछ, विगतका केहि हप्ता हाम्रो न्यायपालिकाको इतिहासमा कहिल्यै हुन नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट स्मरण गरिनेछन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org