ताजा समाचार

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट बैठक

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

सर्वोच्चका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबराले दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी दुई हप्तादेखि निरन्तर धर्नामा छन्। सर्वोच्चका न्यायाधीशहरूले समेत जबराको बहिर्गमन हुनुपर्ने धारणा राख्दै आएका वेला जबराले आजका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org