ताजा समाचार

बारले बोलायो आकस्‍मिक बैठक

काठमाडाैँ । नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत बारले बिहीबार आकस्मिक बैठक बोलाएको हो । बैठकमा उपत्‍यकामा उपलब्‍ध पदाधिकारी, पूर्व पदाधिकारी र सल्‍लाहकार सिमितिका सदस्यलाई बोलाइएको छ ।

आज बारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दुई जना कानुन व्यवसायी घाइते भएका थिए । बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आगामी रणनीतिक तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठकले थप रणनीति बनाउने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org