ताजा समाचार

बाबा रामदेवको टेलिभिजन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

काठमाडाैँ । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् ।

रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन गरेको हो ।

शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।  कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने देखिएका छैनन् ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

यस्तै योगपीठले आजै स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गरेको छ ।  उद्घाटन  कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि नेपाल आएका छन् । यस्तै रामदेव र आचार्य बालकृष्ण यो कार्यक्रमका लागि हिजो नेपाल आएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org