ताजा समाचार

कर्णालीका मुख्यमन्त्रीले मंसिर १४ मा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीले विश्वासमा मत लिने प्रयोजनका लागि १४ गते प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन्।

कर्णाली प्रदेश सभा सचिवालयले पनि मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ।

नेपालको संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन्।

सत्ता साझेदार दल माओवादीक केन्द्रका १२, समाजवादीका ३ र कांग्रेसका ६ जना गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org