ताजा समाचार

आन्दोलनका नयाँ कार्यक्रम तय गर्न सल्लाहकारसहित बारको बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले नयाँ कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक बोलाएको छ ।

बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ९० वटा बारका इकाईहरूले आन्दोलनमा नै आउन तयार रहेको बताइरहेकाले अब उनीरूलाई बोलाउने विषयमा पनि कुरा हुनसक्ने बताए ।

उनका अनुसार अब आन्दोलन उच्च अदालतस्तरमा पनि विस्तार हुने र नागरिक समाजसहित अन्य पेशागत संगठनहरू समेत आन्दोलनमा जोडिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org