ताजा समाचार

बेलायतले १० हजार नेपाली नर्स लैजाने

काठमाडौँ । सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । बेलायतसँग श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जनाएको छ ।

शुक्रबार राजधानीमा  वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी भइरहेको बताए ।

‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ। यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने। श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए ।

सीपयुक्त र दक्षजनशक्ति कामदार पठाउनका लागि आकर्षक गन्तव्य मुलुकको खोजी भइरहेको मन्त्री श्रेष्‍ठले जानकारी दिए । वैदेशिक रोजगारमा जानेले दुखः नपाउन भनेर कार्यविधि र श्रमसम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org