ताजा समाचार

सिटी एक्सप्रेसद्वारा पाँच लखपतिको नाम सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत बाँकी पाँच बिजेताको नाम घोषणा गरेको छ ।

कात्तिक महिनाका ५ विजेताको नाम घोषणा गर्दै सिटीले योजना समापन भएको बताएको छ ।

सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जितेका छन् । साउदी अरबबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन र कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बनेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ६१ दिन सम्म ‘सिटी आयो लखपति बनायो’ सञ्चालनमा ल्याएको थियो ।

सिटी एक्सप्रेसको यसयोजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई १० हजारका दरले उपहार प्रदान गरेको थियो । साथै हरेक महिना ५ जनालाई १ /१ लाख गरी २ महिनासम्म १० जनाले उपहार पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org