ताजा समाचार

न्यायालयको विषयमा कानुन र संविधान बमोजिम अगाडि बढ्छु : अध्यक्ष तिम्लिसना

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गेणश तिम्लसिनाले न्यायालयको विषयमा कानुन र संविधान बमोजिम अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल बार एशोसिएशनको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अदालतको विषय गम्भीर रहेको बताए।

यसअघि बारको टोलीले नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ र सभामुख अग्नि प्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको थियो।

एमाले नेता नेम्वाङले अदालतको विषय गम्भीर रहेका पार्टीभित्र छलफल चलाउने आश्वासन दिएका थिए। सभामुख सापकोटाले भने अदालतको विषयमा आफू तटस्थ बस्ने जानकारी दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org