नेपाल एयरलाइन्सको स्पष्टीकरण– यस कारण रुकुमका यात्रुलाई नेपालगन्ज अवतरण गराइयो
काठमाडौं । नेपाल वायुसेवा निगमले व्यवस्थापनको निर्णयानुसार नै रुकुमका लागि उडाइएको जहाज नेपालगन्ज अवतरण गरिएको जनाएको छ ।
गएको सोमबार काठमाडौंबाट रुकुमका लागि उडेको जहाज नेपालगन्ज अवतरण गराइएको सार्वजनिक भएपछि निगमले त्यसबारे स्पष्ट पार्दै व्यवस्थापनको निर्णयानुसार नै नेपालगन्ज अतवरण गराइएको जनाएको छ ।
उक्त दिनका लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको भन्दै निगमले यसबारे स्पष्ट पारेको हो ।
निगमका अनुसार आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५ः१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बोलाइएको थियो । तर, मौसम प्रतिकूलताका कारण काठमाडौं–रुकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान दिउँसो २ः१५ बजेका लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो ।
त्यसपछि विमान चालक/परिचारक एवं यात्रुरुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर, उडान रद्द भएर घर फर्किएका यात्रुहरूलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा दिउँसो २ः५८ भएको थियो । काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजेदेखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।
हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेका कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगम मिडिया सेल संयोजक अर्चना खड्काले बताइन् । रुकुम र नेपालगन्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगन्जसम्म पुर्याएर रुकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटेलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि भएको जनाइएको छ ।
निगमले मध्यपश्चिम तथा सूदुरपश्चिम क्षेत्रलाई मध्यनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको र निगमसँग विमानको न्यूनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरूप उक्त निर्णय लिनुपरेको जनाएको छ ।
निगमले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
Comments
अरु समाचार
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...