अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै दिन ‘बाला’ आकारको २१ किलो सुन बरामद
काठमाडाैँ । विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको सुन विमानस्थलमा भन्सारका कर्मचारीले बरामद गरेका छन् ।
सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका २१ किलो सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् ।
काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएको हुनाले ४ सय १५ जनाको साथबाट २१ किलो सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । उनले भने–‘काँचो सुन ल्याएको हुनाले महसुल तिराएर मात्र सुन फिर्ता दिएका छौँ, १ सय ९५ जनाले राजस्व तिरेर आफ्नो सुन लानुभएको छ ।’
यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउन दिए पनि अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ । विदेशबाट फर्किनेहरूलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए । ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारहरूलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
‘धेरै यात्रुले अरूको सुन बोकेर आउँदा रहेछन् त्यो नल्याउनुस् भनेका छौँ’ प्रमुख भन्सार प्रशासक भट्टराई भन्छन्–‘सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन पाइदैन् ।’ विमानस्थल भन्सार कार्यालयले नेपाली स्वरूपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन । ५० ग्रामसम्मको गहनामा भन्सार शुल्क लाग्दैन । ५० ग्रामभन्दा माथि थप २ सय ग्रामसम्म भन्सार महसुल तिरेर गहना ल्याउन पाइन्छ ।
Comments
अरु समाचार
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...