ताजा समाचार

संसद् र न्यायालयको समस्या समाधान गर्न सर्वदलीय बैठक बोलाउँछु : सभामुख

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् र न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका सभामुख सापकोटाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, ‘संसद् र सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न सर्वदलीय बैठक बोलाएर उपाय खोज्छु।’

सम्मेलनमा नेपालमा संविधान जारी भएपछि लोकतान्त्रिक कुरा उपलब्धिहरूको विषयमा छलफल भएको उनको भनाइ छ। स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो।

सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आई पि यु सभालाई सम्बोधन गरेका थिए। यसैगरी २८ नोभेम्बरमै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गरेका थिए।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य  प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई सहभागी थिए।

सो प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ सहभागी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org