ताजा समाचार

प्रदेश नं १ नेपाली कांग्रेशः प्रदेश सदस्यमा युवा नेता ज्यानकाजीको उमेद्वारी

काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय नेता  पाशाङ्ग शेर्पा (ज्यान काजी) ले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।

आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला संखुवासभाका लोकप्रिय युवा नेता पाशाङ्ग शेर्पाले प्रदेश १ संखुवासभाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्य (जगजाती) तर्फबाट उमेद्वारी घोषणा गरेका हुन ।

प्रदेश १ मा पाैडेल- कोइराला पक्षबाट गुरुराज घिमिरे प्यानलबाट सदस्य (जनजाती) तर्फ युवा नेता शेर्पाले उमेद्वारी दिएका हुन ।

शेर्पा प्रदेश सभापतिका उमेद्वार घिमिरेसंग राम्रो सम्बन्ध छ । नेपाली कांग्रेसमा बढ्दो युवाहरुको आकर्षणका विच शेर्पा भने युवाहरुले रुचाएका लोकप्रिय पात्र हुन ।

युवा नेता शेर्पा सानै उमेरदेखी नेपाली कांग्रेस पार्टीमा आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि मादि नगरपालिका वडा नं ९  का वडाध्यक्ष समेत हुन ।

शेर्पाले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संखुवासभाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।

पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।

देशभित्र  रोजगारी सिर्जना गरी युवा जनशक्तीलाई विदेशिनुबाट रोक्न र गाँउघरमै रोजगारीका अवसर सिर्जना गर्नु पर्छ भन्दै अभियानसमेत थालेका  युवा नेता शेर्पा जनतामाझ राम्रो छाप छोडेका छन ।

शेर्पा नेपालको पर्यटन प्रवर्धनका लागी संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगम स्थल (TMJ) क्षेत्रमा विश्वका भिभिन्न १०५ मुलुकका पर्यटकहरु एकैपटक जम्मा गरि विश्वसामु नेपाल र (TMJ) क्षेत्रलाई चिनाउनका लागी कार्यक्रमको आयोजना गरेका हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org