ताजा समाचार

समाजसेवी खड्काद्वयको पहलमा विपन्नपरिवारका लागी जग्गा हस्तान्तरण

दाङ । विपन्न परिवारका लागी स्थानिय समाजसेवीको पहल कदमीमा साढे तिनसय बर्ग मिटरको जग्गा हस्तान्तरण गरिएको छ ।

बैदेशिक रोजगारीको शिलसिलामा भारतको केरालामा रुखबाट लडेर ज्यान गुमाएका दिपक खड्काको श्रीमती र अपाङ्ग छोरालागी समाजसेवी तुलराम खड्का र नेकपा माओवादी केन्द्रका नेता हेराम खड्काको पहलकदमीमा विपन्न परिवारका लागी आवास निर्माणका तिन लाख आठ हजार मुल्यको साढे तिन सय बर्ग मिटर जग्गा( घडेरी) हस्तान्तरण गरेका हुन ।

रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा भारतको केरालामा काम गर्ने क्रममा रुखबाट लडेर ज्यान गुमाएका खड्काको श्रीमती र अपाङ्ग छोराको लागी आवास निर्मानका लागी तुलसिपुर उपमहानगरपालिका वडा नं १३ फुलबारीमा जग्गा( घडेरी) जग्गा खरिद गरी हस्तान्तरण गरिएको हो ।

समाजसेवी तुलराम खड्का र हेराम खड्काको पहलकदमीमा बैदेशिक रोजगारीमा भारत रहेका स्थानिय युवा बल बहादुर खत्री,हस्तबहादुर खड्का र दिलबाहदुर खड्काको पहलकदमीमा १ लाख ५९ हजार र  नेपालमा १ लाख ४८ हजार गरी जम्मा तिन लाख आठ हजार जम्मा भएको पैसाबाट जग्गा खरिद गरीएको हो ।

जग्गाको पुर्जा हस्तान्तरण गर्दा स्थानिय जन प्रतिनिधी समाजसेवी द्वय खड्काको उपस्थितीमा गरिएको सञ्चारकर्मी जनक खड्काले जानकारी दिए ।

स्थानिय जनप्रतिनिधि,समुदायी वनका अध्यक्षले घर निर्माण गर्दा वडा सरकारको तर्फबाट छानोको लागी टिन र वनको तर्फबाट काठ उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org