गुरुराज घिमिरेको गुनासो-‘ममाथि राजनीतिक हिंसा भयो’
काठमाडौँ । कांग्रेस नेता गुरुराज घिमिरेले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट `राजनीतिक हिंसा´ भएको आरोप लगाएका छन् ।
हालै सम्पन्न प्रदेश १ को अधिवेशनमा बहालवाला मन्त्रीहरूलाई पठाएर आफूविरूद्ध मोर्चाबन्दी गराउने, शक्तिको दुरूपयोग गराउने र पैसाको खोलो बगाउँदै सभापति पदमा हराएर दोस्रोपटक हिंसा गरेको आरोप लगाए ।
प्रदेश १ को सभापति पदमा २ मत अन्तरले पराजित भएपछि काठमाडौंको चाक्सिबारीस्थित पत्रकारहरूसँग मंगलबार घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मलाई पहिले (२०७४) पनि उम्मेदवार बनाउन बञ्चित गर्नुभयो । अहिले फेरि दोहोरियो । प्रदेश १ मा मलाई हराइयो र राजनीतिक हिंसा गरियो । पैसाको खोलो बगाए । त्यस्तो हुँदा एक निरीह कार्यकर्ताले कसरी जित्छ ?´
प्रदेश १ अधिवेशनको मतगणनाको क्रममा १६३४ सम्म गणना गर्दा नेतृत्व गरेका नेता घिमिरे अन्त्यमा २ मतले पराजित भएका हुन् । उनले आफ्नो हारलाई चमत्कारिक हार भन्दै यसलाई नियोजित भएको बताएका छन् ।
तर मतपरिणामपछि उनले निवेदन दिए पनि केन्द्रले पुन: मतगणना गर्न आलटाल गरेको बताएका छन् । ‘मैले पुन: मतगणना भनेर निवेदन दिएपछि तुरून्त हुनुपर्ने हो । निर्वाचन संयोजकलाई भनेको छु तर आलटाल गर्नु भएको छ । म प्रदेश १ मा पीडित भएको छु,’ उनले भने ।
यस्तै प्रधानमन्त्रीको कुर्सीमा आफूहरूको रगत र पसिना मिसिएको उनले बताएका थिए । तर त्यही कुर्सीले आफूमाथि अहिले प्रहार गरेको घिमिरेको गुनासो छ।
Comments
अरु समाचार
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
काठमाडौं । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् ।...
-
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए पदबाट राजीनामा
काठमाडौं । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ...
-
छोरीलाई दाईजो स्वरूप गाउँ नै दिने अनौठो प्रथा
काठमाडौं । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने...
-
सङ्खुवासभामा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
काठमाडौ । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै
काठमाडौं । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा...
-
अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो, कृषक निराश
काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैचीको मूल्य गत वर्षको तुलनामा बड्यो । विशेष गरेर सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ,...